मोटरसाइकल दुर्घटना मृत्यु प्रकरणमा फरार चालक नेपालगन्जबाट पक्राउ

सोमबार, माघ २१, २०८१
honor mob  winter sales

नेपालगन्ज । नेपालगन्जमा माघ १९ गते राति भएको मोटरसाइकल दुर्घटनाको मृत्यु घटनामा फरार भएका एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

Honor x7 pad

शनिबार राति सवा १० बजे नेपालगन्ज-११ सृष्टि हल रोडस्थित त्रिभुवन चोक जाने बाटोमा बर्दियाको राजापुर नगरपालिका-१० का २३ वर्षीय देव नारायण थारु सवार भे१०प ४३४१ नम्बरको मोटरसाइकललाई नम्बर नखुलेको अर्को मोटरसाइकलले ठक्कर दिएको थियो।

मोटरसाइकलको ठक्करबाट बर्दियाका देव नारायणको मृत्यु भए पश्चात् जिल्ला प्रहरी कार्यालय बाँकेले उक्त मोटरसाइकलको खोजतलास गर्ने  क्रममा ठक्कर दिने भे२प २९५८ नम्बरको मोटरसाइकल लुकाएर राखिएको अवस्थामा नेपालगन्ज-७ रानीतलाउबाट बरामद गरेको जनाएको छ।

बरामद गरिएको उक्त ठक्कर दिने भे२प २९५८ नम्बरको मोटरसाइकल चालक सोही वडाका ५० वर्षीय राकेश वाल्मीकिलाई पनि गए राति नै जिल्ला प्रहरी बाँकेले पक्राउ गरेको जानकारी दिएको छ।

देव नारायणको मोटरसाइकललाई ठक्कर दिए लगत्तै लुकाएर राखिएको उक्त मोटरसाइकललाई जिल्ला प्रहरी लगेर वाल्मिकीसँग घटनाबारे थप अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।

प्रकाशित मिति: सोमबार, माघ २१, २०८१  १३:३९
प्रतिक्रिया दिनुहोस्