नेपालगन्जको जमुनाहबाट ब्राउन सुगरसहित दुई युवक पक्राउ

शनिबार, माघ १९, २०८१
Honor 600 pro

नेपालगन्ज । नेपालगन्जको जमुनाह नाका बाट ब्राउन सुगरसहित प्रहरीले कर्णाली प्रदेशका दुई युवकलाई पक्राउ गरेको छ। 

इलाका प्रहरी कार्यालय जमुनहा र लागुऔषध नियन्त्रण ब्युरोको टोलीले रुपइडिहादेखि नेपालगन्जतर्फ आउँदै गरेका सुर्खेत लेखवेशी नगरपालिका-१ राटामाटाका ३० वर्षीय भक्तराज थापा र दैलेखको भगवती गाउँपालिका-३ का २८ वर्षीय हिमाल खड्कालाई ब्राउन सुगरसहित पक्राउ गरेको हो।

जिल्ला प्रहरी बाँकेका अनुसार नेपालगन्ज-१५ स्थित जमुनाह नाकामा चेकजाँचका क्रममा शुक्रबार  उनिहरुको साथबाट ११ ग्राम ४७० मिलिग्राम ब्राउन सुगर बरामद गरेको हो।

पक्राउ परेका दुबै जनाविरुद्ध लागुऔषध कसुरमा थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी बाँकेले जानकारी दिएको छ।

प्रकाशित मिति: शनिबार, माघ १९, २०८१  १०:५३
प्रतिक्रिया दिनुहोस्