भीमदत्त कांग्रेस नगर सभापति अच्युत सडकमा मृत भेटिए

शनिबार, माघ १९, २०८१

महेन्द्रनगर । नेपाली कांग्रेसका नगर सभापति अच्युत कलौनी मृत अवस्थामा फेला परेका छन् ।कञ्चनपुरस्थित भीमदत्त नगरपालिकाका कांग्रेस नगर सभापति अच्युत आज बिहान मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ।

Honor x5c

कञ्चनपुर प्रहरीका अनुसार सभापति अच्युतको मृत शव भीमदत्त नगरपालिका-१८ स्थित मामाभान्जा चोक नजिक फेला परेको हो।

प्रहरीले घटनास्थलमा धनगढीबाट तालिमप्राप्त कुकुर झिकाएको जनाएको छ भने कञ्चनपुर प्रहरीले घटनास्थल सिल गरेको छ।

कञ्चनपुर प्रहरीले दिएको जानकारी अनुसार सभापति अच्युत घोप्टो परेको अवस्थामा मृत फेल परेपनि उनको शरीरमा चोटपटक देखिएको छैन ।

प्रहरीले धनगढीबाटतालिमप्राप्त कुकुर आइपुगेपछि मात्रै थप अनुसन्धान अगाडि बढाउने जनाएको छ

प्रकाशित मिति: शनिबार, माघ १९, २०८१  १०:११
प्रतिक्रिया दिनुहोस्