प्रहरीतर्फ ७५ डीएसपी दरबन्दी खाली, प्रतिस्पर्धीको संख्या ७९

बिहीबार, माघ १७, २०८१
honor mob  winter sales

काठमाडौं । नेपाल प्रहरीका ३७ प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रहरी उपरीक्षक (एसपी) मा  बढुवा भएसँगै हाल डीएसपीको रिक्त संख्या ७५ दरबन्दी रिक्त भएको छ।

Honor x7 pad

यसअघि ३८ डीएसपी दरबन्दी रिक्त रहेको अवस्थामा   प्रहरी प्रधान कार्यालयले एक हप्ताअघि ३७ डीएसपीलाई एसपीमा बढुवा गर्दा डीएसपीको रिक्त संख्या ७५ पुगेको हो। ७५ डीएसपी रिक्त रहदै गर्दा प्रहरी प्रधान कार्यालयले प्रहरी निरीक्षक (इन्स्पेक्टर) बाट डीएसपी बढुवाका लागि तयारी सुरु गरेको छ।

अब डीएसपीमा बढुवाका लागि वि.सं. २०७० मा इन्स्पेक्टरमा भर्ना भएकाहरुबीच प्रतिस्पर्धा हुने भएको छ। यसअघि ०७० को ब्याचबाट दुई लटमा डीएसपी भइसकेका छन् । त्यतिबेला भर्ना भएका १ सय ४४ जना भर्ना भएकाहरुबाट हाल ७९ जना अझै इन्स्पेक्टरमै छन् । 

प्रहरी प्रधान कार्यालयले २०७० मा भर्ना भएकाहरुमध्ये २०८० जेठ २२ गते पहिलो लटमा ४६ जना र त्यसको एक वर्षपछि २०८० चैत २२ गते दोस्रो लटमा सोही ब्याचका १९ जना इन्स्पेक्टरलाई डीएसपीमा बढुवा गरिसकेको छ।

अब हुने डीएसपी बढुवाका लागि सोही ब्याचबाट ७९जना भएपनि  प्रहरी प्रधान कार्यालय ७५ जनालाई बढुवा गर्नेछ । तर दरबन्दी ७५ मात्रै रहेको अवस्थामा ०७० को ब्याचबाट ४ जना बढुवा हुनबाट छुट्ने निश्चित छ।

अहिले काठमाडौंमा सोही ब्याचका इन्स्पेक्टरहरुले बढुवा हुनका लागि शक्तिकेन्द्रमा आ-आफ्नो लबिङ सुरु गरिसकेका छन् ।

प्रकाशित मिति: बिहीबार, माघ १७, २०८१  ०८:५४
प्रतिक्रिया दिनुहोस्