नेपालगन्जमा फेला परेकी बालिकालाई प्रहरीले लगायो आफन्तको जिम्मा

बिहीबार, माघ १०, २०८१
Honor 600 pro

नेपालगन्ज । नेपालगन्जमा फेला परेकी ११ वर्षीया बालिकालाई प्रहरीले आफन्तको जिम्मा लगाएको छ।

नेपालगन्ज आइपुगेकी ती बालिकालाई प्रहरीले सोमबार राति नेपालगन्ज उपमहानगरपालिका-२ धम्बोझीमा फेला पारेको थियो। ती बालिकाले आफ्नो घर बर्दिया भएको बताएपछि बर्दिया प्रहरीलाई जिल्ला प्रहरी बाँकेले सम्पर्क गरेको हो।

स्थानीय जनप्रतिनिधि मार्फत उनको आफन्तलाई सम्पर्क गर्दै आज नेपालगन्जस्थित महिला तथा बालबालिका शाखाकी इन्चार्ज प्रहरी निरीक्षक शिवा थापाले फुवाजुलाई  ती बालिकालाई जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

जिल्ला प्रहरी बाँकेले दिएको जानकारी अनुसार बालिकाका  बुवा रोजगारीको सिलसिलामा भारतमा रहेको र आमा नभएको अवस्थामा आफन्त (फुवाजु) को जिम्मा लगाएर घर पठाइएको हो।

प्रकाशित मिति: बिहीबार, माघ १०, २०८१  १९:०२
प्रतिक्रिया दिनुहोस्