श्रीमानले हानेको बन्दुकको गोलीले श्रीमतीको मृत्यु

बुधबार, साउन १७, २०८०
honor mob  winter sales

तनहुँ । श्रीमानले बन्दुकले हानेर श्रीमतीको हत्या गरेका छन् ।

Honor x7 pad

तनहुँको व्यास नगरपालिका वडा नम्बर ५ बस्ने ५६ वर्षीय श्रीप्रसाद आलेले गएराति भरुवा बन्दुकले गोली हानेर ४७ वर्षीया श्रीमती गीता आलेको हत्या गरेका हुन् । 

गोली लागेर घाइते गीतालाई दमौली अस्पतालमा उपचारका लागि लगिएकामा डाक्टरले मृत घोषणा गरेका थिए । 

गोली प्रहार गर्ने आलेलाई नियन्त्रणमा लिइ प्रारम्भिक बयान लिँदा घरायसी विवाद भएपछि भरुवा बन्दुकले श्रीमतीको देब्रे छातीमा गोली प्रहार गरी हत्या गरेको आलेले स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरिक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।

प्रकाशित मिति: बुधबार, साउन १७, २०८०  ०९:४१
प्रतिक्रिया दिनुहोस्