चेकिङमा युवकलाई निर्घात कुटपिट गर्ने प्रहरी निलम्बित

सोमबार, माघ ७, २०८१
honor mob  winter sales

काठमाडौं । चितवनमा चेकिङका क्रममा युवकलाई निर्घात कुटपिट गर्ने प्रहरीका असई बुद्दिबहादुर भुजेललाई निलम्बन गरिएको छ। 

Honor x7 pad

चितवनस्थित भरतपुरको बाइपासमा चेकिङमा पावर देखाएको र किन फोन गरेको भन्दै युवकलाई निर्घात रुपले कुट्ने भुजेललाई निलम्बन गरी थप कारबाही प्रक्रिया अगाडि बढाएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

चितवनमा प्रहरी चेकिङमा असई भुजेलले एक युवकलाई कुटेको भिडिओ चौतर्फी भाइरल बनेको घटनालाई लिएर प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालय चितवनलाई छानबिन गर्न निर्देशन दिएको थियो। घटना  पुस  गते १५ गते राति ११ बजे भएको बताइएको छ।

ती असईले चेकिङमा पावर देखाएको भन्दै ती युवकलाई निर्घात कुटपिट गरेको घटना बाहिरिएपछि अहिले चितवन प्रहरीले छानबिन सुरु गरेको थियो।

त्यस रात प्रहरीको चेकिङमा खटिएका ती प्रहरी असईले युवकमाथि बुटले हिर्काएको भिडिओमा देखिएको छ। ती प्रहरीले युवकलाई ‘किन पावर देखाएको’,'किन फोन गरेको’, भन्दै  निर्घात कुटपिट गरेका थिए। 

ती युवक प्रहरीको कुटाइबाट बच्न अलि पर भाग्न खोज्छन् । तर ती प्रहरी असई भुजेल पछि लाग्दै लात्तीले हानेर बिजुलीको पोल छेउमा लडाउँछन् । ती युवक लडिसकेपछि पनि उनले गाली गर्दै लात्ती प्रहार गरिरहेको देखिन्छ ।

उक्त घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय चितवनले छानबिन गर्न डीएसपी ज्ञान बहादुर महतोको नेतृत्वमा कमिटी गठन भएको थियो। प्रहरी प्रधान कार्यालय पनि उक्त घटना सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको जनाउँदै ती प्रहरी असइलाई निलम्बनसहित कारबाही गर्ने आदेश दिएको जनाएको छ।

प्रकाशित मिति: सोमबार, माघ ७, २०८१  १३:५६
प्रतिक्रिया दिनुहोस्