केही जिल्लाका एसपीलाई परिवर्तन गर्ने तयारी

शनिबार, माघ ५, २०८१
honor mob  winter sales

काठमाडौं । नेपाल प्रहरीका प्रहरी उपरीक्षक (एसपी) ले कमाण्ड गर्ने ४ जिल्ला रिक्त हुँदैछ। केही दिनअघि ४ जिल्लाका एसपी  प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा हुँदा कोशी, मध!र बागमतीका ४ जिल्लाका प्रहरी प्रमुख रिक्त हुन लागेको हो।

Honor x7 pad

जसअनुसार इलामका एसपी प्रभु ढकाल, बाराका महेन्द्र खड्का , सिन्धुपाल्चोकका सन्तोष खड्का र नुवाकोटका एसपी शान्तिराज कोइरालाको एसएसपीमा बढुवा भएपछि ती ४ जिल्लाको प्रमुख पद रिक्त हुन लागेको हो।

४ जिल्लाको प्रमुख बन्न अहिले दर्जनौं एसपीहरु शक्तिकेन्द्र धाउन सुरु गरिसकेका छन् । ती ४ जिल्ला बाहेक अन्य जिल्लाका प्रमुखलाई पनि परिवर्तन गर्ने प्रहरी प्रधान कार्यालयले तयारी थालिसकेको छ। 

प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले केही  जिल्लाका एसपी परिवर्तन गर्ने चाल पाउँदा अधिकांश एसपीहरु जिल्ला प्रमुख बन्न प्रहरी प्रधान कार्यालयका उच्च प्रहरी अधिकृत र राजनीतिक वृत्तमा भनसुन सुरु गरिसकेका छन् । 

प्रहरी प्रधान कार्यालय श्रोतका अनुसार प्रहरी प्रमुख रिक्त हुँदै गरेका इलाम,बारा, सिन्धुपाल्चोक र नुवाकोट बाहेक  रुपन्देही, पर्सा, झापा, बाँके, कैलाली, कन्चनपुर,गोरखा, काभ्रे, बागलुङ, डोटी, मोरङ, सुर्खेत, गुल्मी लगायतका जिल्ला प्रमुख परिवर्तन गर्ने तयारी भएको छ। त्यहाँका प्रमुखहरुको अवधि झण्डै १ वर्ष पुग्न लाग्दा अहिले नै आईजीपी परिवर्तन गर्न लागेका छन् ।

तराईका आकर्षक जिल्ला झापा, मोरङ,पर्सा, बारा, रुपन्देही, बाँके, कैलाली र कन्चनपुर  प्रमुख परिवर्तन हुने खबरले अहिलेबाटै ती जिल्लामा जान चाहेका एसपीहरुको माथिल्लो शक्तिकेन्द्रमा दौडधुप सुरु भइसकेको छ।

तराईका जिल्ला कमाण्ड गर्ने जाने इच्छा राखेका एसपीहरु राजन लिम्बू, सन्तोष तामाङ, गोबिन्द पुरी लगायतको नाम चर्चामा रहेको छ।  श्रोतका अनुसार उनीहरु पर्सा, बाँके र रुपन्देही  जान गृहमन्त्री निकट श्रोतलाई भेटघाट सुरु गरेको बताइएको छ। कतिपय एसपीहरुले भने तराईमा अहिले भनेको जस्तो माहोल नभएको हुँदा बागलुङ, सुर्खेत, काभ्रे, डोटी लगायतका जिल्लामा जानका लागि लबिङ गरिरहेका छन् ।

यता जिल्ला प्रहरी परिसर काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपीहरुको पनि सरुवा गर्ने आईजीपी कुँवर तयारी गरिसकेका छन् ।

उनीहरुको अवधि पूरा हुँदै गर्दा भर्खरै एसएसपीमा बढुवा भएका दुई जना एसएसपीहरु काठमाडौं र अपराध अनुसन्धान कार्यालय जान आईनीपी र राजनीतिक शक्तिकेन्द्रमा भनसुरु गरिरहेका छन्।

प्रकाशित मिति: शनिबार, माघ ५, २०८१  १९:४०
प्रतिक्रिया दिनुहोस्