डाक्टर नितेश कनोडिया संजिवनीको सिइओ नियुक्त

शनिबार, माघ ५, २०८१
Honor 600 pro

बाँके डाक्टर नितेश कुमार  कनोडिया बाँकेको नेपालगन्जमा निकट भबिष्यमा सन्चालनमा आउन लागेको संजिवनी कलेज अफ मेडिकल साइसेन्स प्रालिको सिइओ नियुक्त भएका छन्।

संजिवनी कलेज अफ मेडिकल साइसेन्सले डा.कनोडियालाई सिइओको जिम्मेवारी प्रदान गरेको हो ।

प्रालिले माघ मसान्तभित्र आवेदन दिन पाउनेगरी विशेषज्ञ चिकित्सक, मेडिकल अधिकृत, स्टार्फ नर्सलगायत करिव ९ सय जनशक्ति माग गरेको छ । ३ सय शैया अस्पताल संचालनका लागि उक्त जनशक्ति माग गरिएको संजिवनीले जनाएको छ ।

तत्कालीन नेपालगन्ज मेडिकल कलेजको नाम परिवर्तन गर्दै उक्त अस्पताललाई व्यवस्थापन पक्षले संजिवनी कलेज अफ मेडिकल साइसेन्स प्रालि कायम गरिएपछि लर्डबुद्ध एजुकेशनल लिमिटेडका सहायक निर्देशकको जिम्मेवारीमा रहेका डा.कनोडियालाई संजवनीको सिइओमा नियुक्त गरिएको हो।

प्रकाशित मिति: शनिबार, माघ ५, २०८१  १८:५९
प्रतिक्रिया दिनुहोस्