सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौं । टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु हुँदा ४ जना गम्भीर घाइते भएका छन् । स्याङ्जाको आँधिखोला गाउँपालिका-५ कृषिमा ग१क ५१३९ नम्बरको टिपर सडकदेखि ५० मिटर तल खसेर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
दुर्घटनामा पर्वतको कुश्मा नगरपालिका-१४ का ३७ वर्षीय चन्द्रबहादुर नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ। गम्भीर घाइते नेपालीको गए राति नै उपचारका क्रममा पोखरामा मृत्यु भएको थियो।
गम्भीर घाइते भएकाहरुमाशारदा नगरपालिका-७ सल्यानका १५ वर्षीय हरि परियार, आँधीखोला गाउँपालिका-२ ओहियाका ३३ वर्षीय कमल नेपाली, राप्ती नगरपालिका-६ चितवनका ४१ वर्षीय प्रकाश विक र सुमित्रा विक रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जानकारी दिएको छ।
स्याङ्जा प्रहरीका अनुसार गए राति ११ बजे कृषि-ओहिया भित्री सडकखण्डमा कोहिया जाँदै गरेको आरम्भ निर्माण सेवाको उक्त टिपर दुर्घटना दुर्घटनामा परेको थियो।
प्रहरीले दिएको जानकारी अनुसार गम्भीर घाइते चारै जनाको पोखरामा उपचार भइरहेको छ।