केन्द्रीय प्रहरी प्रवक्तामा डीआईजी दिनेश आचार्य

शुक्रबार, माघ ४, २०८१
honor mob  winter sales

काठमाडौं नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्तामा डीआईजी दिनेश कुमार आचार्य तोकिएका छन् ।

Honor x7 pad

प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयमा रहेका डीआईजी आचार्य आज नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता तोकिएका हुन् ।

नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रूपमा सञ्चार माध्यमहरूमा सम्प्रेषण गर्नका लागि आचार्यलाई प्रहरी प्रमुख बसन्त बहादुर कुँवरले केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी दिएका हुन।

उनलाई सम्पर्क गर्नु परेमा ९८५१२९२१११ र इमेल [email protected] मा सम्पर्क गर्न सकिने प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रकाशित मिति: शुक्रबार, माघ ४, २०८१  १६:३१
प्रतिक्रिया दिनुहोस्