बाँके अदालतबाट सर्वस्वसहित जन्मकैद पाएका फरार प्रतिवादी राप्तीसोनारीबाट पक्राउ

बिहीबार, माघ ३, २०८१
Honor 600 pro

बाँके । बाँकेमा कर्तव्य ज्यान मुद्दामा सर्वस्व सहित जन्मकैद पाएर फरार रहेका प्रतिवादी साढे १४ वर्षपछि पक्राउ परेका छन् ।

बाँके प्रहरीले १४ वर्ष ६ महिनापछि  कर्तव्य ज्यान मुद्दामा फरार रहेका ३० वर्षीय धनबहादुर थारुलाई पक्राउ गरेको जनाएको छ।

जिल्ला अदालत बाँकेले २०७३ पुस १८ गते गरेको फैसलामा दोषी ठहर भएका राप्तीसोनारी-९ महादेवपुरीका धन बहादुरलाई लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी बाँकेले जानकारी दिएको छ।

फरार रहेका धनबहादुर लुकिछिपी बसेको भन्ने सूचना पाएर गएको प्रहरी टोलीले बुधबार जिल्लाको राप्तीसोनारीबाट पक्राउ गरेको थियो। पक्राउ परेका धनबहादुरलाई जिल्ला अदालत बाँके उपस्थित गराएर जिल्ला कारागार बाँके पठाइएको बाँके प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति: बिहीबार, माघ ३, २०८१  १०:२८
प्रतिक्रिया दिनुहोस्