प्रेमिकाको नग्न फोटो सामाजिक सञ्जालमा हाल्ने प्रकाशलाई मलेसियाबाट इन्टरपोलले पठायो नेपाल

मंगलबार, साउन १६, २०८०
honor mob  winter sales

काठमाडौं । नेपाल प्रहरीले इन्टरपोटलको सहयोग मार्फत प्रेमिकाको नग्न फोटो एवं भिडियो सामाजिक सञ्जालमा हालेको आरोपमा एक आरोपीलाई मलेसियाबाट नेपाल ल्याइएको छ ।

Honor x7 pad

नेपाल प्रहरीको साइबर ब्यूरोका अनुसार पीडितसँग चिनजान गरी प्रेम सम्बन्धमा रहेको बखत विभिन्न बहानामा नग्न हुन बाध्य बनाइ रेकर्ड गरेका नग्न भिडियो,फोटोहरू सामाजिक सञ्जाल फेसबुकमा अपलोड गर्ने,पीडितको आफन्तलाई पठाइदिने तथा पीडितले आफ्नो फेसबुक एकाउन्ट डिएक्टिभ गरी निजको नाममा फेक एकाउन्ट बनाइ ती सामग्री पोर्न साइटमा समेत अपलोड गर्ने गरेको उनीमाथि आरोप छ।  

नेपाल प्रहरीको साइबर ब्यूरोको पत्रका आधारमा इन्टरपोल काठमाडौंले इन्टरपोटल हेडक्वार्टरलाई म्यादीका २७ वर्षीय प्रकाश विकविरुद्ध रेड नोटिस जारी गर्न आग्रह गरेको थियो । त्यसअनुसार इन्टरपोल महासचिवालयले २४ माघ २०७८ मा रेड नोटिस जारी गरेको थियो ।

नोटिसका आधारमा इन्टरपोल मलेसियाले विकलाई त्यहाँ पक्राउ गरेको थियो । मलेसियाले उनलाई डिपोर्ट गरेर नेपाल पठाइदिएपछि विकलाई  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साइबर ब्यूरोले पक्राउ गरेको हो।

उनलाई त्रिभुवन विमानस्थलबाट नेपाल प्रहरीको साइबर ब्यूरो भोटाहिटी लगेर अनुसन्धान भइरहेको नेपाल प्रहरीले जनाएको छ।

 

 

 

प्रकाशित मिति: मंगलबार, साउन १६, २०८०  १६:३४
प्रतिक्रिया दिनुहोस्