देउराली फाउन्डेसनको कार्यालय उद्घाटन

बुधबार, पुस २४, २०८१
Honor 600 pro

काठमाण्डौं  शिक्षा, स्वास्थ्य, कृषि र संचार क्षेत्रमा काम गर्दै आएको परोपकारी संस्था देउराली फाउन्डेसनले आफ्नो केन्द्रिय कार्यालय सुरु गरेको छ । गत पुष २० गते झम्सिखेल स्थित होटल हार्मोनिमा बिशेष समारोहको आयोजना गरी उक्त कार्यालयको शुभारम्भ गरिएको हो । 

कार्यक्रममा संस्थाले हालसम्म गरेका कामहरुको विवरण पेश गर्नुका साथै आगामी कार्य योजना समेत प्रस्तुत गरिएको थियो । कार्यक्रममा उपस्थित सरोकारवाला व्यक्ति तथा संस्थाका प्रतिनिधिहरुले देउराली फाउण्डेशनको परोपकारी कामको प्रसंसा गर्दै आगामी योजनाहरु समेत सफल रहोस भनि शुभकामना ब्यक्त गरेका थिए । 

फाउण्डेशनका अध्यक्ष भिम घिमिरेले अब उपरान्त ललितपुर जिल्लाको पुल्चोकमा रहेको फाउण्डेशनको सुबिधा सम्पन्न केन्द्रिय कार्यालयबाट संस्थाका सपुर्ण कामहरु संचालन हुने जानकारी दिए। 

फाउण्डेशनले कार्यालयको शुभारम्भका साथै निशुल्क संचार तालिम समेत सुरु गरेको छ । ५ दिनसम्म संचालन हुने उक्त तालिममा पत्रकरिमा रुची राख्ने १५ जनाको सहभागिता रहेको छ ।

प्रकाशित मिति: बुधबार, पुस २४, २०८१  २३:२९
प्रतिक्रिया दिनुहोस्