नक्कली इन्स्पेक्टर बनेर ठग्दै हिंड्ने थापा पक्राउ

सोमबार, पुस २२, २०८१

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले नेपाल प्रहरीको नक्कली इन्स्पेक्टरलाई पक्राउ गरेको छ। 

Honor x7 pad

आफू प्रहरीको इन्स्पेक्टर भएको भन्दै प्रहरीको पोशाक दुरुपयोग गरेर ठगी गर्दै हिंडने नक्कली इन्स्पेक्टर सुदीप थापालाई पक्राउ गरेको अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले जानकारी दिएका छन् ।

एसपी आचार्यका अनुसार आइतबार काठमाडौंस्थित कागेश्वरी मनहरा नगरपालिका-७ थापाचोकका ३८ वर्षीय थापासहित सप्तरीको कडक नगरपालिका-१० घर भइ हाल कोटेश्वरको रहेको मार्शल प्रिन्टिङ प्रेसका सञ्चालक ४४ वर्षीय किशोरकुमार चौधरीलाई पनि पक्राउ गरिएको हो।

पक्राउ परेका चौधरी भने इन्स्पेक्टरको नक्कली परिचयपत्र बनाउने गरेको र थापाले आफू इन्स्पेक्टर रहेको हुँदा माथिल्लो निकायसँग राम्रो सम्बन्ध भएको भन्दै क्यानडा, अस्ट्रेलियालगायत देशमा पठाउने भनेर ठगी गरेको आरोप रहेको एसपी आचार्यले बताए।

नक्कली इन्स्पेक्टर थापाले इन्सपेक्टरको नक्कली परिचयपत्र देखाउने, प्रहरीको पोशाक लगाएको तस्बिर  समेत देखाउने र उच्च पदस्थ व्यक्तिसँग खिचिएका तस्वीर समेत देखाएर ठगी गर्ने गर्ने गरेको एसपी आचार्यले बताए ।

अपराध अनुसन्धान कार्यालयले उनीहरु दुबै जनालाई आबश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको जानकारी दिएको छ।

प्रकाशित मिति: सोमबार, पुस २२, २०८१  २२:१३
प्रतिक्रिया दिनुहोस्