बारामा स्थानीय र प्रहरीबीच झडप, दुई प्रहरी अधिकृत घाइते

मंगलबार, साउन १६, २०८०
honor mob  winter sales

बारा। स्थानीय र प्रहरीबीच भिडन्त हुँदा दुई जना प्रहरी अधिकृत घाइते भएका छन् । बाराको जितपुर सिमरा–१६ टांगियाबस्तीमा ईलाका प्रहरी कार्यालय निजगढबाट गएको टोलीले छापा मार्ने क्रममा झडप भएको हो।

Honor x7 pad

आज बिहान ६ बजे हतियार रहेको आंशकामा छापामारी पक्राउ गरेका ३५ वर्षका सागर लामालाई प्रहरी कार्यालयतर्फ लैजान नदिन दोहोरो भिडन्त भएको हो ।

करिब तीन सयको संख्यामा आएका स्थानीयले १५ जनाको सख्यामा रहेका प्रहरी टोलीमाथि ढुङ्गा मुढा गरी हतियारसहित पक्राउ परेका लामालाई हतकडी सहित भगाउन सफल भएका छन् । 

दोहोरो भिडन्तमा प्रहरीतर्फ प्रहरी वरिष्ठ नायव निरीक्षक कलम बहादुर शाही र प्रहरी सहायक निरीक्षक बालराज गिरी घाइते भएका छन् । शाहीको बाँया हातमा चोट लागेर घाईते बनेका छन भने गिरीको बाँया कुम्भ र बाँया हातमा चोट लागेर घाईते भएका हुन् ।

स्थानीय प्रहरीविरुद्ध खनिएपछि प्रहरीले पाँच राउण्ड हवाई फायरसमेत गरेको छ । ठूला हतियार रहेको गोप्य सूचनाको आधारमा निजको घरमा छापा मार्नको लागि प्रहरी निरीक्षक घनश्याम श्रेष्ठको नेतृत्वमा १५ जनाको टोली लामाको घरमा बिहानै पुगेको थियो ।

छापामारी पछि लोड भएको भरुवा बन्दुकसहित पक्राउ परेका लामालाई वडा सदस्यको रोहबरमा मुजुल्का बनाएर लैजाने क्रममा जङल छेउ बाटोमा दोहोरो भिडन्त भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख प्रहरी उपरिक्षक होबिन्द्र बोगटीले बताउनु भएको छ ।

उक्त स्थान प्रहरीले लोड गरेको भरुवा बन्दुक एक थान, बन्दुकको गोली २ वटा, बाघको दाँत जस्तो देखिने २ वटा, रौं १३ वटा र नङ्ग्रा ३ वटा बरामद गरेको बोगटीले बताउनु भएको छ । लामा बन्यजन्तुको शिकारीमा संलग्न रहेको जनाउदै खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, साउन १६, २०८०  १४:००
प्रतिक्रिया दिनुहोस्