असुली धन्दामा विवादमा आएका बाँकेको इप्रका धामपुरका इन्चार्जसहित सबै प्रहरी तानिए

शुक्रबार, पुस १९, २०८१
honor mob  winter sales

बाँके बाँकेको राप्ती सोनारी गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय धामपुर (बैजापुर) चौकीका इन्चार्ज इलाका प्रहरी कार्यालय  कोहलपुर तानिएका छन् । विभिन्न विवादमा मुछिएपछि त्यहाका प्रहरी नायब निरीक्षक (सई) कमल थापालाई तानेर अर्का नयाँ इन्चार्ज पठाइएको छ।

Honor x7 pad

अवैध उत्खनन गर्ने गिरोहसँग साँठगाँठ असुली धन्दा गरेको समाचार प्रकाशित भएपछि जिल्ला प्रहरी बाँकेले सई थापालाई तानेर अर्का सई बल बहादुर घर्तीलाई धामपुर प्रहरी चौकीको इन्चार्ज बनाएर पठाएको छ।

स्थानीयदेखि जनप्रतिनिधिले समेतले अवैध उत्खननमा सई थापाको राम्रो मिलेमतो रहेको रहेको जनगुनासो आएपछि समाचार प्रकाशीत भएको थियो। जिल्ला प्रहरी बाँके प्रमुख प्रहरी उपरीक्षक (एसपी) तुलबहादुर कार्की याक्सनमा आउँदै सई थापाको स्थानमा इलाका प्रहरी कार्यालय कोहलपुरबाट घर्तीलाई आज धामपुर पठाएका हुन् ।

इलाका प्रहरी कार्यालय धामपुरमा सई थापासहित त्यहा  रहेका सबै प्रहरी कर्मचारीहरु पनि तानिएका छन् । उनीहरुको स्थानमा अरु प्रहरी कर्मचारीलाई पठाइएको छ।

रातिराति राप्ती नदीमा अवैध उत्खनन गर्ने गिरोहसँग विवादित सई थापाले राम्रो मिलेमतोका कारण  अवैध असुली गर्दै आएको जनप्रतिनिधिहरुले समेत आक्रोश पोख्दै आएका थिए। 

जिल्ला प्रहरी कार्यालय बाँकेले नयाँ इन्चार्ज पठाएपछि राप्ती सोनारी-४ का वडाध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता मीनराज खड्का (सन्तोष)ले लेखेका छन् -" इलाका प्रहरी कार्यालय  धामपुरको इन्चार्ज बल बहादुर घर्तीमगरलाई स्वागत छ।कार्यकाल निष्पक्ष र सुशासन सहितको होस्, शुभकामना छ।"

प्रकाशित मिति: शुक्रबार, पुस १९, २०८१  १३:४७
प्रतिक्रिया दिनुहोस्