डीआईजी कडायत र केसी एआईजी बढुवाका लागि सिफारिस

बुधबार, पुस १७, २०८१
honor mob  winter sales

काठमाडौं ।नेपाल प्रहरी दुई जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवाका लागि सिफारिस भएका छन् ।

Honor x7 pad

डीआईजी कुबेर कडायत र रवीन्द्र केसीलाई सरकारले एआईजी बढुवाका लागि सिफारिस गरेको हो। रिक्त दुई एआईजी पदका लागि बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उनीहरुलाई बढुवा सिफारिस गरेको हो।

एआईजी किरण बज्राचार्य र भरत बहादुर बोहरा अवकाश गएसँगै दुई एआईजीको दरबन्दी रिक्त रहेको थियो।  

चार जना डीआईजीहरु एआईजी बढुवा प्रतिस्पर्धामा रहेपनि सरकारले कडायत र केसीलाई एआईजीमा बढुवाका लागि सिफारिस गरेको हो।

प्रकाशित मिति: बुधबार, पुस १७, २०८१  २१:४४
प्रतिक्रिया दिनुहोस्