बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

बुधबार, पुस १७, २०८१
honor mob  winter sales

काठमाडौं अदालतबाट बैकिङ कसुर मुद्दामा दोषी ठहर भएका एक फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।

Honor x7 pad

उच्च अदालत पाटनको २०७९ चैत १९ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा दोषी ठहर भएर फरार रहेका सिन्धुपाल्चोकक्प सुनकोशी गाउँपालिका-१ घर भएर हाल काठमाण्डौ-१६  बालाजु बस्दै ३४ वर्षीय प्रल्हाद खत्रीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो।

अपराध अनुसन्धानका प्रवक्ता एसपी काजीकुमार आचार्यका अनुसार खत्रीलाई उच्च अदालतले ३ वटा बैंकिङ कसुर मुद्दामा ९ लाख १९ हजार ५ सय लाख रुपैयाँ जरिवाना र ४८ हजार  रुपैयाँ  क्षतिपूर्ति भराउने आदेश दिएको थियो।

अदालतको फैसला आएयता फरार रहेका खत्रीलाई अपराध अनुसन्धानको टोलीले कपुरधारामा लुकिछिपी बस्दै आएको अवस्थामा पक्राउ गरेको एसपी आचार्यले जानकारी दिए। पक्राउ परेका खत्रीलाई आबश्यक कारबाहीका लागि अदालत पठाइएको एसपी आचार्यले बताए।

 

प्रकाशित मिति: बुधबार, पुस १७, २०८१  १७:३९
प्रतिक्रिया दिनुहोस्