सहकारी ठगलाई कारवाहीका साथै सरकारले पीडितलाई राहत दिन पनि प्राथमिकता दिनुपर्छ:गिरी

बुधबार, पुस १७, २०८१
Honor 600 pro

झापा। नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद दीपक गिरीले संविधान संशोधनको विषयमा ब्यापक छलफल गर्न माग गरेका छन् ।

नेपाली कांग्रेस झापाले राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा मंगलबार विर्तामोडमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता गिरीले संविधान संशोधन आवश्यक भए पनि बहकिएर भन्दा पनि गम्भीर छलफल गर्नुपर्ने बताए । उनले भने, ‘मिश्रित निर्वाचन प्रणालीका विषयमा संविधान संशोधन गर्ने भए समानुपातिक र समावेशीलाई कहाँ र कसरी सम्बोधन गर्ने त्यस विषयमा प्रष्ट हुनुपर्छ ।’

यसैगरी नेपाली कांग्रेस चलायमान बनाउनका लागि भ्रातृ तथा शुभेच्छुक संस्थाहरुको भूमिका महत्वपूर्ण हुने भन्दै यसतर्फ अब विशेष ध्यान केन्द्रित गर्नुपर्ने बेला आएको पनि उनले बताए । विगतमा कांग्रेस पार्टी भित्रको आन्तरिक एकता मजबुत नहुँदा मुलुकले पनि दुःख पाएको टिप्पणी गर्दै गिरीले नेपाली कांग्रेस पार्टीलाई नयाँ तरिकाले चलायमान बनाउनका लागि सबैलाई एक हुुन पनि आग्रह गरे ।  ‘चुनावमा म कुन समूहबाट लडे त्यो सबैलाई प्रष्ट छ, तर मलाई पार्टीले खटाउँदा मैले सबै कांग्रेस बराबर देख्छु, चार तारा देख्छु, विपी, गणेशमान, गिरीजाबाबु र किशुनजीलाई मात्रै देख्छु,' उनले भने।

पूर्व मन्त्री गिरीले सहकारी पीडितहरुलाई राहत दिन तत्काल कदम चाल्न माग पनि गरे । सरकारले सहकारी ठगहरुविरुद्ध कारवाही गर्नुका साथै पीडितहरुलाई राहत दिन पनि प्राथमिकता दिनुपर्ने उनले बताए । रवि लामिछानेले सहकारीको रकम हिनामिना गरेको विषयलाई अदालतले निरुपण गर्नेमा आफू विश्वस्त रहेको पनि उनले बताए ।  

प्रकाशित मिति: बुधबार, पुस १७, २०८१  १३:०९
प्रतिक्रिया दिनुहोस्