कोहलपुरबाट ब्राउन सुगरसहित दुई युवक प्रहरीको नियन्त्रणमा

बुधबार, पुस १७, २०८१
Honor 600 pro

बाँके। बाँकेको कोहलपुरबाट प्रहरीले ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ। 

इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको टोलीले कोहलपुर नगरपालिका-११ लोकनगरका २७ वर्षीय कमल थापा र २३ वर्षीय राहुल थारूलाई १ ग्राम ९ सय १० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको जिल्ला प्रहरी बाँकेले जानकारी दिएको छ।

प्रहरीले उनीहरुलाई गए राति राहुलको घरबाट ब्राउन सुगरसहित पक्राउ गरेको जनाएको छ।

इलाका प्रहरीले कार्यालय कोहलपुरले यस घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको बाँके प्रहरीले जानकारी दिएको छ।

 

प्रकाशित मिति: बुधबार, पुस १७, २०८१  १२:५२
प्रतिक्रिया दिनुहोस्