सुख्खा पहिरोले मुग्लिन-नारायणगढ सडक अवरुद्ध

शनिबार, असार २३, २०८०
honor mob  winter sales

चितवन । पहिरो गएर मुग्लिन- नारायणगढ सडक फेरि अवरुद्ध  भएको छ । 

Honor x7 pad

सुख्खा पहिरो खस्दा काली खोला नजिकै आज दिउँसो ४ बजेदेखि सडक अवरुद्ध भएको  चितवन प्रहरीले जनाएको छ ।

अहिले  सुख्खा पहिरो पन्छ्याउनका लागि चितवनस्थित सडक डिभिजन कार्यालयबाट एक्साभेटर काली खोलातर्फ  पठाएको छ।

सडक डिभिजन कार्यालयका अनुसार अवरुद्ध  सडक खुल्न केहि समय लाग्ने भएको छ। अहिले काली खोलाको वारपार सयौं सवारीसाधनहरु रोकिएका छन्।

प्रकाशित मिति: शनिबार, असार २३, २०८०  १७:२७
प्रतिक्रिया दिनुहोस्