चालक र सहचालकसँगै साइकल यात्रीलाई पनि सचेतना दिंदै बाँके ट्राफिक प्रहरी

सोमबार, पुस १५, २०८१
Honor 600 pro

बाँके । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जिल्लाका विभिन्न स्थानमा चालक तथा सहचालकलाई दुर्घटना न्यूनिकरण बारे सचेतना दिएको छ।

ट्राफिक प्रहरीले नेपालगन्जका विभिन्न स्थान, महेन्द्र राजमार्ग, रत्न राजमार्ग, हुलाकी सडकखण्ड र भित्री सडकमा गुड्ने सवारीसाधनका चालक र सहचालकलाई  भेला गरी ट्राफिक नियम ,लेन अनुशासन ,ओभेरटेक गर्ने तरिका , सडक प्रयोग गर्दा ध्यान दिनु पर्ने कुरा लगायतका बारेमा सचेतना दिइएको जिल्ला ट्राफिक प्रहरी बाँकेले जानकारी दिएको छ।

उक्त सचेतनामा साइकल यात्रीलाई पनि दुर्घटनाबाट बच्ने बरेमा समेत सचेत गराइएको थियो। ट्राफिक प्रहरी बाँके यस्ता खाले सचेतना दिनहुँ गर्दै आइरहेको छ।

प्रकाशित मिति: सोमबार, पुस १५, २०८१  १३:२४
प्रतिक्रिया दिनुहोस्