होटेलबाट पेस्तोल र ९ राउन्ड गोलीसहित एक युवक पक्राउ

आइतबार, पुस १४, २०८१
Honor 600 pro

काठमाडौं । काठमाडौं प्रहरीले पेस्तोलसहित एक युवकलाई पक्राउ गरेको छ। 

काठमाडौं उपत्यका प्रहरी कार्यालयको इन्टेलिजेन्स शाखाबाट खटिएको टोलीले कोटेश्वरबाट एक थान ९ एमएमको पेस्तल, पेस्तोलमा लाग्ने एक थान म्याग्जिन र ९ राउन्ड गोली समेत बरामद गरेको प्रहरीले जानकारी दिएको छ ।

कोटेश्वरबाट हतियारको कारोबार भइरहेको विशेष सूचना  पाएर गएको टोलीले काठमाडौं महानगरपालिका-३२ को होटल विश्पुलबाट कोटेश्वरको नरेफाट ३३ वर्षीय सनराइज खड्कालाई आज बिहान ११ बजे पेस्तोलसहित पक्राउ गरेको हो।

प्रहरीले खड्कालाई हिरासतमा लिएर थप अनुसन्धान सुरु गरेको काठमाडौं उपत्यका प्रहरी कार्यालयले जानकारी दिएको छ।

प्रकाशित मिति: आइतबार, पुस १४, २०८१  १५:३१
प्रतिक्रिया दिनुहोस्