जहाज दुर्घटना अपडेट: १७९ को मृत्यु हुँदा २ जनाको उद्धार

आइतबार, पुस १४, २०८१

काठमाडौं  । दक्षिण कोरियामा आज बिहान भव्को भयानक जहाज दुर्घटनामा मृत्यु हुनेको संख्या १७९ पुगेको छ ।

कोरियाको योनहाप समाचार एजेन्सीका अनुसार १८१ यात्रु बोकेको जेजु एयर जहाज दुर्घटनामा दुई जनाको जिवितै उद्धार हुँदा १७९ जनाको मृत्यु भएको छ । 

विमान धावनमार्गबाट ​​बाहिर निस्केको र देशको दक्षिण पश्चिममा रहेको मुआन अन्तर्राष्ट्रिय विमानस्थलको पर्खालमा ठोक्किन पुगेको थियो। समाचार अनुसार १७५ यात्रु र ६ जना उडान परिचर बोकेको जेजु एयरको विमान थाइल्याण्डबाट फर्किएको थियो र अवतरण गर्ने क्रममा दुर्घटना भएको थियो।

उद्दार टोली जहाजका एक सदस्य र एक महिला यात्रुको उद्धार गरेको हो। उनीहरुको अहिले अस्पतालमा उपचार जारी छ।

प्रकाशित मिति: आइतबार, पुस १४, २०८१  ११:४९
प्रतिक्रिया दिनुहोस्