सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौं । दक्षिण कोरियामा आज बिहान भयानक विमान दुर्घटना भएको छ । कोरियाको योनहाप समाचार एजेन्सीका अनुसार १८१ यात्रु बोकेको सो विमान दुर्घटना हुँदा कम्तीमा ४७ जनाको मृत्यु भइसकेको छ ।
प्रारम्भिक चरणमा २८ जनाको मृत्यु भएको बताइए पनि उद्दारका क्रममा ४७ जनाको मृत्यु भइसकेको छ ।
विमान धावनमार्गबाट बाहिर निस्केको र देशको दक्षिण पश्चिममा रहेको मुआन अन्तर्राष्ट्रिय विमानस्थलको पर्खालमा ठोक्किन पुगेको थियो। समाचार अनुसार १७५ यात्रु र ६ जना उडान परिचर बोकेको जेजु एयरको विमान थाइल्याण्डबाट फर्किएको थियो र अवतरण गर्ने क्रममा दुर्घटना भएको बताइएको छ ।
उद्दार कार्य जारी रहेको जनाउँदै सो समाचार एजेन्सीले पूर्ण विवरण नआइसेको जनाएको छ ।