हेलो मोबाईलले जित्यो ललित स्मृति कप भलिबलको उपाधि

शनिबार, पुस १३, २०८१
honor mob  winter sales

लक्ष्मण बस्नेत/तुलसीपुर। दाङको तुलसीपुरमा संचालित दोस्रो ललित स्मृति कप खुला पुरुष भलिबल प्रतियोगिता २०८१ को उपाधी हेलो मोबाईल तुलसीपुरले जितेको छ ।

Honor x7 pad

फेलोसिप ट्रेनिङ सेन्टर तुलसीपुर दाङको आयोजनामा अरनिको खेलमैदान तुलसिपुरमा आज सनिवार सम्पन्न कडा प्रतिस्पर्धा अनि रोमाञ्चक फाइनल खेलमा रुकुम भलिबल लाई २३-२५,२५-२०,२५-१७,२३-२५ र १५-१२ अर्थात ३-२ को सेटमा पराजित गर्दै हेलो मोबाईल तुलसीपुरले उपाधी जितेको हो ।

उपाधी संगै उसले नगद ५० हजार, कप, मेडल प्रमाणपत्र हात पार्‍यो । फाईनलमा सम्माजक हार ब्यहोरेको रुकुम भलिबल उपबिजेतामा सिमित रहदै नगद ३० हजार, कप, मेडल प्रमाणपत्रमा चित्त बुझाउन बाध्य भयो ।

त्यस्तै तुलसिपुर १ तृतिय भयो । उसले नगद १५ हजार कप,मेडल तथा प्रमाणपत्र हात पार्‍यो ।
कार्यक्रमको समापन समारोह फेलोसिप ट्रेनिङ सेन्टरका संचालक राजु यरिको अध्यक्षता तथा तुलसिपुर उधोग बाणिज्य संघका महासचिव केशव राज केसिको प्रमुख आतिथ्य एवं तेक्वान्दोका अन्तराष्टीय खेलाडी मोहन सुनारको विशिष्ट आतिथ्यमा भएको थियो ।

सो अबसरमा बिजेता,उपबिजेता तथा तृतिय स्थान हासिल गर्ने टिम तथा खेलाडी,प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने ब्यक्तिगत बिधा तर्फका सर्बोउत्कृष्ट खेलाडी हेलो मोबाईलका गजनी थारु,बेस्ट स्पाईकर रुकुम भलिबलका प्रकाश बिक,बेस्ट लिफ्टर हेलो मोबाईलका सुप्रीम चन्द,बेस्ट ब्लकर रुकुम भलिबलका चन्द्र बहादुर रावत,बेस्ट लिब्रो रुकुम भलिबलकै लक्ष्मण शाही,र बेस्ट कोच हेलो मोबाईलका आकाश खनाल लाई प्रमुख अतिथी,विशिष्ट अतिथिले पुरस्कार, कप, मेडल तथा प्रमाणपत्र प्रदान गरेका थिए ।

कार्यक्रमको संचालन दाङ जिल्ला भलिबल संघका महासचिव लक्ष्मण बस्नेतले गरेका थिए ।

नेपालको राष्ट्रिय खेल भलिबलको बिकास र बिस्तार संगै प्रतिभावान खेलाडीको पहिचान गर्ने उदेश्य तथा फेलोसिप ट्रेनिङ सेन्टरका पुर्व संचालक ललित बुढामगरको सम्झनामा आयोजित प्रतियोगितामा दाङ,सल्यान,रोल्पा,रुकुम लगाएत जिल्लाका १२ भलिबल टिमको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: शनिबार, पुस १३, २०८१  २१:३८
प्रतिक्रिया दिनुहोस्
स्थानीय तह