नेपालगञ्जमा जमिन मुनिबाट सुन निकाल्ने भन्दै २ करोड ठगेको आरोपमा एक भारतीय नागरिक पक्राउ

आइतबार, पुस ७, २०८१
Honor 600 pro

बाँके । जिल्ला प्रहरीले बाँकेले नेपालगञ्जमा जमिन मुनिबाट सुन निकालि दिन्छु भनेर करोडौ रुपैयाँ ठगी गर्ने एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।

बाँके प्रहरीका अनुसार नेपालगञ्ज-१९ मोहनपुर ईटाभट्टा नजिकैको जमिनबाट सुन निकाली दिन्छु भनेर स्थानीय नसिर अहमद बेहनाका साथबाट ईटा भट्टाको जमिनमा सुन रहेको र त्यो सुन निकालि दिन्छु भनेर पटक–पटक २ करोड ठगी गर्ने भारत बलरामपुर सिंहपुरीका ४२ वर्षिय सदाबुद्दिन हल्वाईलाई पक्राउ गरिएको हो।

बाँके प्रहरी प्रवक्ता डीएसपी आयूश जोशीले दिएको जानकारी अनुसार प्रहरीले सो ठगी गरेको अभियोगमा हल्वाईलाई बसपार्क नजिकैबाट पक्राउ गरेको हो ।

प्रहरीले हल्वाईलाई ४ दिनको म्याद थपेर अनुसन्धान सुरु गरेको जनाएको छ भने  आरोपीको साथबाट १ हजार ४९ पहेलो सिक्का, ३ वटा पित्तलका घैटा, धातुको गणेशको मूर्ती लगायतका विभिन्न सामाग्री बरामद गरेको जानकारी दिएको छ ।

शुकवार दिउँसो पक्राउ परेका उनलाई आज कार्यालय खुलेपछि अदालतबाट म्याद थप गरिएको जिल्ला प्रहरी बाँकेले जानकारी दिएको छ।

प्रकाशित मिति: आइतबार, पुस ७, २०८१  १९:३९
प्रतिक्रिया दिनुहोस्