नेपालगन्जको जमुनाहबाट प्रहरीले बरामद गर्‍यो झण्डै ३ लाखको कपडा

आइतबार, पुस ७, २०८१
Honor 600 pro

नेपालगन्ज । जिल्ला प्रहरी कार्यालय बाँकेले झण्डै ३ लाखको भन्सार छलीको कपडा बरामद गरेको छ।

नेपालगन्ज-१५  जमुनाहमा भन्सार छलीको अवैध कपडा भण्डारण गरेर राखेको सूचना पाएर गएको बाँके प्रहरीको टोलीले २ लाख ९८ हजार ९६० रुपैयाँको लत्ताकपडा बरामद गरेको हो।

जमुनाहस्थित सज्जाद भन्नेको घरबाट प्रहरीले 
कुर्ता सुरवाल, धोती र मोजा बरामद गरेको जिल्ला प्रहरी बाँकेले जनाएको छ।

शुक्रबार राति  बरामद गरिएको सबै अवैध लत्ताकपडालाई शनिबार बिदा परेका कारण आज नेपालगन्ज भन्सार कार्यालय बुझाएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।

प्रकाशित मिति: आइतबार, पुस ७, २०८१  १६:४६
प्रतिक्रिया दिनुहोस्