सुन जस्तो देखिने घातुसहित त्रिभुवन विमानस्थलबाट एक जना पक्राउ

सोमबार, साउन १५, २०८०
honor mob  winter sales

काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट  सुन जस्तो देखिने ८१ ग्राम तौल भएको ब्रासलेटसहित एक जनालाई पक्राउ गरेको छ।

Honor x7 pad

पक्राउ पर्नेमा बैतडी पाटन- ६ घर भएका ३४ वर्षीय दिपक भण्डारी रहेको प्रहरीले जनाएको छ।

कतार एयरवेयजको उडानबाट  काठमाडौँ अवतरण गरेका भण्डारीलाई चेकजाँच गर्ने क्रममा उक्त ब्रासलेट अवैध रूपमा लुकाई छिपाई ल्याएको अवस्थामा फेला पारी प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले यसबारेमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।  

प्रकाशित मिति: सोमबार, साउन १५, २०८०  १४:३७
प्रतिक्रिया दिनुहोस्