श्रोत नखुलेको झण्डै साढे ४७ लाख नगदसहित एक महिला पक्राउ

बुधबार, मंसिर २६, २०८१
Honor 600 pro

काठमाडौं । प्रहरीले एक जना महिलालाई स्रोत नखुलेको झण्डै साढे ४७ लाख नगदसहित पक्राउ गरेको छ। 

मोरङ प्रहरीले रंगेली नगरपालिका-८ दर्वेशाकी ६५ वर्षीया ज्योति देवी अग्रवाललाई श्रोत नखुलेको ४७ लाख ४९ हजार रुपैयाँसहित पक्राउ गरेको हो।

अग्रवालले घरमा अवैध लाखौं रुपैयाँ राखेको विशेष सूचना पाएर गएको इलाका प्रहरी रंगेलीको टोलीले उनलाई घरबाटै पक्राउ गरेको हो।

उनको घर तलासी गर्दा बाकसमा राखेको उक्त नगद फेला परेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति: बुधबार, मंसिर २६, २०८१  १४:४८
प्रतिक्रिया दिनुहोस्