३ करोड ४९ लाखको अवैध सामान रुपन्देही प्रहरीको नियन्त्रणमा

बुधबार, मंसिर १९, २०८१
honor mob  winter sales

रुपन्देही । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले शान्तिसुरक्षामा महत्त्वपूर्ण भुमिका निर्वाह गर्दै अपराध र भन्सार छली रोक्न उच्च प्राथमिकता दिएको छ । रुपन्देही  जिल्ला भारतसँग जोडिएकाले पनि भन्सार छली रोक्नका नियमित रुपमा गस्ती, सीमा क्षेत्रमा जाँच गर्दै आइरहेको छ।

Honor x7 pad

रुपन्देही प्रहरी प्रवक्ता डीएसपी नवीन पौडेलले चालु आर्थिक वर्षको साउनदेखि मंसिर १८ गतेसम्मको अवधिमा रुपन्देही प्रहरीले रुपन्देही जिल्लामा भन्सार छली गरेर भित्र्याएका  ३ करोड  करोड ४९  लाख बढी मूल्य पर्ने वस्तु तथा सामान नियन्त्रणमा लिएको जानकारी दिए ।

“अवैध चोरी पैठारी गरेर भित्रिने लत्ताकपडा, इलेक्ट्रोनिक्स सामान, हार्डवेयर, मोटरपार्टस, खाद्यान्न पदार्थ र किरानाका सामानलाई बरामद लगायत चोरी पैठारीमा प्रयोग भएका  सवारीसाधन र अवैध चोरी पैठारीमा संलग्नलाई पक्राउ गरिरहेका छौ," पौडेलले भने।

रुपन्देही प्रहरीले चालु आवको साउनमा ७५ लाख २१ हजार ८१४ रुपैयाँ मूल्य बराबरको अवैध सामानसहित बरामद गरेको थियो। भदौ महिनामा ६१ लाख ४४ हजार ९३४ रुपैयाँ मूल्यको अवैध सामान बरामद गर्दा रुपन्देही प्रहरीले असोजमा मात्रै १ करोड ११ लाख ९ हजार ९६५ रुपैयाँ मूल्यको अवैध सामान बरामद गरेको डीएसपी पौडेलले जानकारी दिए।

त्यसैगरी, कात्तिकमा जिल्ला प्रहरी रुपन्देहीले ९१ लाख ४२ हजार ४२८ रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको थियो भने मंसिर १८ गतेका दिनसम्म १० लाख ७० हजार १८० रुपैयाँ मूल्यको अवैध सामान बरामद गरेको पौडेलले बताए ।

डीएसपी पौडेलका अनुसार सोही अवधिमा बरामद गरिएको जम्मा ३ करोड ४९ लाख ८९ हजार ३२१ रुपैयाँ मूल्य पर्ने अवैध सामानलाई आबश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय बुझाइएको छ । 

उक्त समयमा रुपन्देही प्रहरीले २६ वटा चार पाङ्ग्रे  र ४८ वटा दुई पाङ्ग्रे गरि ७४ वटा सवारीसाधन र अवैध तस्करीमा संलग्न ५० जना नियन्त्रणमा लिएको जनाएको छ।

प्रकाशित मिति: बुधबार, मंसिर १९, २०८१  ०९:१५
प्रतिक्रिया दिनुहोस्