रोल्पा ट्राफिक प्रहरी प्रमुख घुससहित पक्राउ

सोमबार, मंसिर १७, २०८१
Honor 600 pro

रोल्पा । ट्राफिक प्रहरी रोल्पाका प्रमुख प्रहरी नायब निरीक्षक (सई) ललितकुमार बुढाथोकी रङ्गेहात घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग नेपालगन्जबाट गएको टोलीले आज बिहान ११ बजेतिर सई बुढाथोकीलाई २५ हजार घुस रकमसहित पक्राउ गरेको हो। 

सवारीसाधन आवतजावतमा सजिलो बनाइदिने भन्दै सई बुढाथोकीले गाडीधनीसँग २५ हजार रुपैयाँ घुस लिएको अख्तियार नेपालगन्जले जानकारी दिएको छ।

नेपालगन्जबाट गएको अख्तियारको टोलीले उनलाई उनकै निवासबाट पक्राउ गरेको हो।अख्तियारले उनको बिस्ताराको सिरानी मुनी खाम भित्र राखिएको उक्त नगग २५ हजार फेला पारेको हो।

वि.सं. २०८० मा सईमा बढुवा भएका बुढाथोकीले शक्तिकेन्द्र धाउँदै इन्चार्ज हुँदै आइरहेका थिए।

प्रकाशित मिति: सोमबार, मंसिर १७, २०८१  १७:२९
प्रतिक्रिया दिनुहोस्