दाङबाट १७ किलो चित्तलको सुकुटीसहित ३ जना पक्राउ

सोमबार, साउन १५, २०८०
honor mob  winter sales

दाङ । दाङबाट प्रहरीले चितलको १७ केजी चित्तलको सुकुटीसहित तीन जनालाई पक्राउ गरेको छ।

Honor x7 pad

विशेष सूचनाका आधारमा दाङ प्रहरीले जिल्लाको गढवा गाउँपालिका- ६ का ३० वर्षीय मनोज थापा मगर, सोही वडाका ३१ वर्षीय करण केसी र लमही-  ६ का नुर बहादुर कुमाललाई सुकुटीसहित पक्राउ गरिएको जिल्ला प्रहरीले जनाएको छ।

उनीहरुलाई आईतवार राति चितलको १७ केजी सुकुटी सहित घोराही-३ कुहिरेपानीबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीले लमहीदेखी घोराहीतर्फ जाँदै गरेको  रा २ प ६१९५ नम्बरको मोटरसाईकल र  बा ९१ प ११०७ नम्बरको मोटरसाईकललाई चेकजाँच गर्ने क्रममा बा ९१ प ११०७ नम्बरको मोटरसाईकल पछाडी सवार करण केसीले प्लाष्टिकको जेब्रा झोला बोकेको अवस्थामा चितलको सुकुटी बरामद गरिएको दाङ प्रहरीले जनाएको छ।

प्रहरीले तिनै जनालाई आबश्यक कारबाहीका लागि  डिभिजन वन कार्यालय घोराहीमा बुझाएको जानकारी दिएको  छ ।

 

 

 

 

प्रकाशित मिति: सोमबार, साउन १५, २०८०  १०:०२
प्रतिक्रिया दिनुहोस्