ट्याक्टरको ठक्करबाट एक प्रहरी जवानको मृत्यु, अर्का जवान गम्भीर घाइते

सोमबार, साउन १५, २०८०
honor mob  winter sales

धनगढी । मोटरसाइकललाई ट्याक्टरले ठक्कर दिंदा कैलालीमा एक जना  प्रहरी जवानको मृत्यु भएको छ। दुर्घटनामा अर्का प्रहरी जवान गम्भीर घाइते भएका छन् ।

Honor x7 pad

सुदूरपश्चिम् ट्राफिक प्रहरीका अनुसार पूर्वपश्चिम राजमार्ग अन्तरगत गोदावरी -३ को चौकीडाँडामा ट्याक्टरले मोटरसाइकललाई  ठक्कर दिदा प्रहरी जवान कपिल कठायतको मृत्यु भएको हो। 

आइतबार साँझ प्रहरी जवान कठायत सवार सुपप्र ०१०११ प ७३२० नम्बरको मोटरसाइकललाई सुपप्र ०१ ००२ त ६४१९ नम्बरको ट्याक्टरले ठक्कर दिदा गम्भीर घाइते भएका उनको उपचारका क्रममा गए राती माया अस्पतालमा मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ।

त्यस्तै ठक्करबाट मोटरसाइकलको पछाडी बसेका अर्का प्रहरी जवान हेमराज ताउडाको अवस्था पनि गम्भीर रहेको  ट्राफिक प्रहरीले जनाएको छ। गम्भीर घाइते हेमराजको माया मेट्रो अस्पतालमा आईसीयुमा राखेर उपचार भइरहेको छ ।

मृतक प्रहरी कठायत नेपाल प्रहरी विशेष सुरक्षा गण महेन्द्रनगरमा कार्यरत र हेमराज  प्रहरी तालिम केन्द्र दिपायलमा कार्यरत प्रहरी जवान हुन् । 

ठक्कर दिने ट्याक्टर र चालकला नियन्त्रणमा लिएर थप अनुसन्धान गरिएरहेको कैलाली प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति: सोमबार, साउन १५, २०८०  ०९:३७
प्रतिक्रिया दिनुहोस्