असईले हाने आफैंमाथि गोली....

शुक्रबार, मंसिर १४, २०८१
Honor 600 pro

काठमाडौं । नेपाल प्रहरीका एक जना प्रहरी सहायक निरीक्षक (असई) ले आफैंले आफैंमथि गोली हानेका छन् ।

जिल्ला प्रहरी कार्यालय अछाम अन्तर्गत तुर्माखाद गाउँपालिका-३ स्थित भैरवस्थान प्रहरी चौकीका इन्चार्ज असई किसनबहादुर चन्दले आफैंलाई गोली हानेका हुन् ।

बिहीवार राति साढे ९ बजे असई चन्दले बोकेको पेस्तोलले आफ्नै छातीमा गोली हानेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। गोली लागेर गम्भीर घाइते भएका असई चन्दको अहिले  बाँकेको कोहलपुरस्थित मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार गोली लागेर घाइते भएका चन्द बोल्न सक्ने अवस्थामा रहेका छन् भने अछाम प्रहरीले घटनाको इलाका प्रहरी कार्यालय कमल बजारका इन्स्पेक्टर हर्षबहादुर चन्दको नेतृत्वमा छानबिन समिति गरेको छ।

प्रकाशित मिति: शुक्रबार, मंसिर १४, २०८१  १६:२२
प्रतिक्रिया दिनुहोस्