प्रहरीका पाँच प्राविधिक एसपी एसएसपीमा बढुवा सिफारिस

शुक्रबार, मंसिर १४, २०८१
honor mob  winter sales

काठमाडौं । नेपाल प्रहरीका पाँच जना प्राविधिक एसपीको एसएसपीमा बढुवाका लागि सिफारिस भएको छ। प्रहरीको प्राविधिक इन्जिनियरतर्फबाट एसपी श्यामकुमार मण्डललाई एसएसपीमा बढुवाका लागि सिफारिस गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। 

Honor x7 pad

त्यसैगरी, स्वास्थ्य समूहत अन्तर्गत  ४ जना एसपीलाई एसएसपी बढुवाका लागि सिफारिस गरिएको छ। 

बढुवा समितिको बिहीबार बसेको बैठकले नेपाल प्रहरी अस्पतालका रेडियोलोजी शाखाका डा.केदार खड्गी, प्रहरी अस्पताल मेडिसिन विभागका डा.छन्दबहादुर बुढाथोकी, गण्डकी प्रदेश प्रहरी अस्पतालका डा.पवनकुमार राय र नेपाल प्रहरी अस्पताल डेन्टल विभागका डा.सुवर्ण कुँवरलाई एसएसपीमा  बढुवा गर्न सिफारिस गरेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

इन्जिनियरतर्फ-

स्वास्थ्य समूहतर्फ 

प्रकाशित मिति: शुक्रबार, मंसिर १४, २०८१  ११:२०
प्रतिक्रिया दिनुहोस्