आदिपुरुषका लेखक मनोजले मागे माफी

शनिबार, असार २३, २०८०
honor mob  winter sales

काठमाडौं । देश विदेशमा चौतर्फी बिरोध भएपछि आदिपुरुषका लेखक मनोज मुन्ताशिर शुक्लाले माफी मागेका छन् । 

Honor x7 pad

आदिपुरुष फिल्मले सनातनी हिन्दु धर्मका बारेमा गलत प्रचार गरेको र रामायणका पात्रहरुलाई गलत रुपमा देखाएको भन्दै सवत्र आलोचना हुदाँ पनि माफी माग्न अस्विकार गरेका लेखकले अन्ततः एक महिना पछि माफी मागेका छन् । 

Screenshot_20230708-165824_Chrome1688814832.jpg

‘आदिपुरुष फिल्मबाट जनभावनामा चोट पुगेको म स्वीकार गर्दछु, मेरा सबै दाजुभाइ दिदीबहिनी, ज्येष्ठ नागरिक, आदरणीय ऋषि मुनीहरू तथा श्री रामका भक्तजनहरूमा हात जोडेर निःशर्त माफी चाहन्छु,’ उनले टविटरमा माफी माग्दै अगाडी लेखेका छन्, ‘भगवान बजरंगबलीले हामी सबैको कल्याण गरून्, हामीलाई एक र अटूट रहन र हाम्रो पवित्र शाश्वत र महान देशको सेवा गर्ने शक्ति प्रदान गरुन् ।’

नेपाली चेली सीतालाई भारतीय भनेर प्रचार गराएको भन्दै नेपालमा सो फिल्म प्रतिबन्ध लगाइएको थियो भने उनले लेखेका संवाद र भीएफएक्सका कारण रामायणका पात्रहरुलाई गलत तरिकाले प्रस्तुत गरेको भन्दै भारतका विभिन्न अदालतमा सो फिल्म बिरुद्ध मुद्धा दर्ता भएको थियो ।

टपोरी भाषामा फिल्मका संवाद राखिएको भन्दै विवादमा परेपछि केही संवाद सच्चाए पनि लेखक शुक्लाले आलोचनाहरुको प्रतिवाद गर्दै आएका थिए, जसका कारण सो फिल्म आफ्नो लगानीसमेत उठाउन नसकेर फ्लप भएको थियो । 

प्रकाशित मिति: शनिबार, असार २३, २०८०  १६:५४
प्रतिक्रिया दिनुहोस्