सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौँ — नेपाली चलचित्र क्षेत्रका वरिष्ठ कलाकार सुनिल थापाको निधन भएको छ। हृदयाघातका कारण थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा उनको आज बिहान मृत्यु भएको कलाकार संघका अध्यक्ष मोहन निरौलाले पुष्टि गरेका छन्।
शंखमूलको एक अपार्टमेन्टमा बस्दै आएका थापा लामो समयदेखि नेपाली मात्र होइन, भारतीय फिल्म उद्योगमा समेत सक्रिय थिए। अभिनयमा अलग पहिचान बनाएका उनले नेपाली चलचित्रमा खलनायक पात्रलाई पनि नायककै जत्तिकै लोकप्रिय र सम्मानित बनाउने कलाकारका रूपमा आफूलाई स्थापित गरेका थिए।
‘राते काइँला’ नामले दर्शकमाझ चिनिएका थापा सशक्त अभिनय, गहिरो आवाज र प्रभावशाली उपस्थितिका कारण विशेष स्मरणीय मानिन्छन्। उनका परिवारका अन्य सदस्य भने भारतको मुम्बईमा बसोबास गर्दै आएका छन्।
उनको निधनले नेपाली सिनेमा क्षेत्रले एक सशक्त र प्रभावशाली कलाकार गुमाएको छ।