सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
नेपालगन्ज । भारतीय चलचित्रका चर्चित अभिनेता नाना पाटेकरको निधन भएको छ। उनको बिहीबार बिहान गोवास्थित आफ्नै निवासमा हृदयाघातका कारण निधन भएको हो।
निवासमै हृदयाघात भएपछि पाटेकरलाई बचाउने प्रयासस्वरूप करिब ४५ मिनेटसम्म मुटुको पुनर्जीवन प्रक्रिया (सीपीआर) दिइएको थियो। यद्यपि, चिकित्सकीय प्रयास सफल हुन सकेन।
पाटेकर भारतीय चलचित्र क्षेत्रमा अभिनयका लागि विशेष पहिचान बनाएका कलाकार थिए। उनले तीनपटक राष्ट्रिय चलचित्र पुरस्कार जितेका थिए। सन् १९८९ मा प्रदर्शनमा आएको ‘परिन्दा’मा ‘अन्ना’को भूमिकाबाट उत्कृष्ट सहायक अभिनेताको राष्ट्रिय पुरस्कार पाएका उनले सन् १९९४ मा ‘क्रान्तिवीर’का लागि उत्कृष्ट अभिनेता तथा सन् १९९६ मा ‘अग्निसाक्षी’का लागि पुनः उत्कृष्ट सहायक अभिनेताको पुरस्कार जितेका थिए।
हिन्दी र मराठी दुवै चलचित्र क्षेत्रमा लामो समय योगदान दिएका पाटेकरलाई भारत सरकारले सन् २०१३ मा देशको चौथो सर्वोच्च नागरिक सम्मान ‘पद्मश्री’ प्रदान गरेको थियो।
उमेर ढल्किँदै गए पनि उनी पछिल्लो समयसम्म अभिनयमा सक्रिय थिए। उनी अक्षय कुमार, अभिषेक बच्चन र रितेश देशमुख अभिनीत ‘हाउसफुल ५’मा देखिएका थिए। त्यस्तै, विशाल भारद्वाजको निर्देशनमा बनेको ‘ओ’रोमियो’मा शाहिद कपुर र तृप्ति डिमरीसँगै प्रहरी अधिकारीको भूमिकामा अभिनय गरेका थिए। अनिल कपुर र राधिका मदान अभिनीत ‘सुबेदार’मा पनि उनको विशेष उपस्थिति रहेको थियो।