सर्वोच्चले दियो हवाई टिकटमा भ्याट नलगाउन आदेश

आइतबार, साउन १४, २०८०
honor mob  winter sales

काठमाडौं ।सर्वोच्च अदालतले   हवाइ टिकटमा भ्याट  लगाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।

Honor x7 pad

न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले सरकारको निर्णयविरुद्ध अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले दायर गरेको रिटमा आइतबार बहसपछि सर्वोच्चले तत्काल उक्त निर्णय कार्यान्वयन नगर्न आदेश जारी गर्दै सरकारी पक्षलाई छलफलका लागि बोलाएको छ।

नाट्टाले हवाइ टिकटमा भ्याट लगाउने सरकारको निर्णय गैरकानूनी र अव्यवहारिक भएको भन्दै यसले नेपालको पर्यटन उद्योगलाई थप संकटमा पार्ने बताएको थियो । 

प्रकाशित मिति: आइतबार, साउन १४, २०८०  १९:४८
प्रतिक्रिया दिनुहोस्