जिल्ला प्रहरी बाँकेमा फौजदारी कसुरको अनुसन्धान सम्बन्धि अन्तरक्रिया

शुक्रबार, मंसिर ७, २०८१
Honor 600 pro

नेपालगन्ज । जिल्ला प्रहरी कार्यालय बाँकेमा फौजदारी कसुरको अनुसन्धान सम्बन्धमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

आज बिहान जिल्ला प्रहरी बाँके परिसरमा जिल्ला अदालत बाँकेका न्यायाधीश भिष्मराज प्रसाईंको प्रमुख आतिथ्यतामा फौजदारी कसुरको अनसन्धान सम्बन्धमा सम्बन्धित सरोकारवाला निकायहरुसँग अन्तरक्रिया कार्यक्रम गर्दै प्रशिक्षण दिइएको बाँके प्रहरी प्रवक्ता डीएसपी आयुष जोशीले जानकारी दिएका छन् ।

अन्तरक्रिया कार्यक्रममा फौजदारी कसुरका बारेमा अनुसन्धान कसरी गर्न सकिन्छ भन्ने बारेमा न्यायाधीश प्रसाईं, जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख लगायत अधिवक्ताहरुले प्रशिक्षण दिएका थिए।

कार्यक्रममा जिल्ला प्रहरी प्रमुख तुलबहादुर कार्की, डीएसपी जोशी लगायत प्रहरी इकाई प्रमुख रहेका प्रहरी अधिकृत, जिल्ला प्रहरी कार्यालयका अपराध अनुसन्धानमा कार्यरत अधिकृत तथा जुनियर अधिकृतहरुको पनि सहभागिता रहेको थियो।

प्रकाशित मिति: शुक्रबार, मंसिर ७, २०८१  १६:११
प्रतिक्रिया दिनुहोस्