हराएको मोटरसाइकल फेला पारी सवारीधनीलाई हस्तान्तरण

शुक्रबार, मंसिर ७, २०८१
Honor 600 pro

नेपालगन्ज । नेपालगन्जस्थित वडा प्रहरी कार्यालयले भारतबाट हराएको मोटरसाइकल फेला पारी सवारीधनीलाई बुझाएको छ।

कात्तिक २९ गते बाँकेको सीवावर्ती भारतीय जिल्ला बहराईचस्थित मुनिरगन्जका महेश शाहुको युपी ४० एडी ३५५४ नम्बरको मोटरसाईकल हराएको जानकारी वडा प्रगतिलाई दिए पश्चात् खोजतलासका क्रममा बुधबार राति उक्त मोटरसाइकल नेपालगन्जको भट्टाटोल नजिकबाट फेला परेको वडा प्रहरी कार्यालय नेपालगन्जले जानकारी दिएको छ।

मोटरसाइकल फेला परेपछि सवारीधनीलाई बोलाएर आबश्यक कागजात अध्यन गर्दै वडा प्रहरीले हस्तान्तरण गरेको जनाएको छ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ७, २०८१  १२:३३
प्रतिक्रिया दिनुहोस्