बर्दियाको गुलरियाबाट ब्राउन सुगरसहित दुई जना पक्राउ

बिहीबार, मंसिर ६, २०८१
Honor 600 pro

बर्दिया । जिल्ला प्रहरी कार्यालय बर्दियाले जिल्ला सदरमुकाम गुलरियाबाट ठुलो परिमाणमा ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ।

प्रहरीले गुलरिया नगरपालिका-११ गणेशपुरबाट ४ सय ४० मिलिग्राम ब्राउन सुगरसहित गुलरिया-४ का ३० वर्षीय अनिल गोडिया र सोही नगरपालिकाको वडा नम्बर २ का ३५ वर्षीय विकास विकलाई पक्राउ गरेको जिल्ला प्रहरी बर्दियाले जनाएको छ।

ब्राउन सुगरको कारोबार भइरहेको विशेष सूचना पाएर गएको बर्दिया प्रहरीको टोलीले उनीहरु दुबै जनालाई बुधबार साँझ पक्राउ गरेर थप अनुसन्धान सुरु गरेको जनाएको छ।
 
फ्लोरिसेन्ट ज्याकेट हस्तान्तरण 

यसैगरी, जिल्ला प्रहरी कार्यालय बर्दियालाई रातमा लगाउने फ्लोरिसेन्ट ज्याकेट हस्तान्तरण गरिएको छ।

गुलरिया नगरपालिका-५ का वडाध्यक्ष मुम बहादुर मल्लले बर्दिया प्रहरी प्रमुख एसपी केदार ढकाललाई २५ थान फ्लोरिसेन्ट ज्याकेट हस्तान्तरण गरेका छन् ।

सदरमुकाम लगायतका जिल्लाका विभिन्न स्थानमा रातको समयमा ड्युटी गर्ने प्रहरी कर्मचारीलाई सहज होस् भने उदेश्यका साथ उक्त ज्याकेट प्रदान गरिएको हो।

प्रकाशित मिति: बिहीबार, मंसिर ६, २०८१  १४:०५
प्रतिक्रिया दिनुहोस्