बाँकेमा फैलियो आँखामा समस्या पार्ने कन्जक्टिभाइटिस भाइरस

आइतबार, साउन १४, २०८०
honor mob  winter sales

नेपालगन्ज । बाँकेमा आँखासम्बन्धी समस्या गराउने कन्जक्टिभाइटिस एनिडो भाइरसको संक्रमण फैलिएको छ । नेपालगन्जका अधिकांश विद्यालयका बालबालिकाहरु कन्जक्टिभाइटिस भाइरसको संक्रमणबाट प्रभावित भएका छन् ।

Honor x7 pad

यो भाइरसको संक्रमण फैलिएपछि आँखा अस्पताल तथा उपचार केन्द्रमा बिरामीको संख्या बढेको छ । भिजन आँखा अस्पतालका नेत्र रोग विशेषज्ञ डा.प्रचण्ड गौतमले पछिल्लो समय देखिएको आँखा पाक्ने समस्या कन्जक्टिभाइटिस भाइरसका कारण भएको बताए ।

‘अहिले मानिसहरुमा आँखा रातो हुुने, चिलाउने, बिझाउने, परेली सुनिने, आँसु आउने, कसैकसैलाई चिप्रा आउने जस्ता समस्या देखा परेका छन् । ‘यो कन्जक्टिभाइटिस भाइरसका कारणले भएको हो’, डा. गौतमले भने, ‘अस्पतालमा दैनिक यी समस्या भएका बिरामीहरु आइरहनुभएको छ । अस्पताल आएका मध्ये अधिकांश बिरामी कन्जक्टिभाइटिस भाइरससँग सम्बन्धित समस्या भएका छन् ।’

यो तीब्रगतिमा फैलिने संक्रामक भाइरस हो । यो सामान्य किसिमको भाइरस भएकाले एकदेखि डेढ हप्तासम्म आफैं निको हुने भएपनि कुनै व्यक्तिमा समस्याका रुपमा देखिन सक्ने भएकाले सचेत रहन उहाँले आग्रह गर्नुभएको छ । भाइरसको संक्रमण भएको समयमा ब्याक्टेरियल इन्फेक्सन हुने जोखिम हुने भएकाले आँखा चेकजाँच गराएर मात्र औषधि प्रयोग गर्न उनको सुझाव छ। अर्को कुरा आँखालाई चिसोले सेक्ने हो भने पनि एकदेखि डेढ हप्तासम्म निको हुन्छ ।

‘औषधि जरुरी छैन, तर कहिलेकाहीँ यो सँगै ब्याक्टेरियल इन्फेक्सन हुनसक्छ’, डा. गौतमले, ‘त्यो नहोस् भनेर एन्टिबायोटिक औषधिको प्रयोग गर्नुपर्छ।’ यो भाइरस एक व्यक्तिबाट अर्कोमा सजिलै सर्ने भएकाले सचेत हुन उहाँले आग्रह गरे । कोरोना भाइरस महामारीमा सावधानी अपनाए जस्तै यो भाइरसबाट जोगिन पनि उस्तै सचेतना अपनाउनु पर्ने उनको सुझाव छ ।

‘कोरोना भाइरस महामारीमा मास्कको प्रयोग गरिन्थ्यो उहाँले भन्नुभयो, ‘यसमा मास्कको प्रयोग गर्नु पर्दैन । तर सरसफाईमा ध्यान दिनु पर्छ । लक्षण चिन्ह देखिएका बिरामीलाई आइसोलेट गर्ने, स्यानिटाइजरको प्रयोग गर्ने । आँखामा समस्या देखिएका बालबालिकालाई विद्यालयमा नपठाउने यी सचेतना अपनाए भाइरसको चेनब्रेक गर्न सकिन्छ ।’

प्रकाशित मिति: आइतबार, साउन १४, २०८०  १७:४६
प्रतिक्रिया दिनुहोस्