अनलाइन सट्टेबाजीमा संलग्न रहेको आरोपमा १४ भारतीय नागरिक रुपन्देहीबाट पक्राउ

बुधबार, मंसिर ५, २०८१
Honor 600 pro

रुपन्देही । रुपन्देही प्रहरीले अनलाइन सट्टेबाजीमा संलग्न रहेको आरोपमा १४ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।

जिल्लास्थित सिद्धार्थनगर नगरपालिका-३ सगुनी पथबाट अनलाइन जुवा खेल्दै गरेको अवस्थामा जिल्ला प्रहरी रुपन्देहीको टोलीले अस्फाक आलमको घरबाट साहिल सोडासहित १४ जनालाई पक्राउ गरेको हो।

रुपन्देहीका अनुसार पक्राउ पर्नेमा साहिलसहित रवि जैसवाल, नितेस्ग वर्मा,श्याम गुप्ता,रजत कुमार,अवधेश कुमार, अनुराग सिंह,  दिपक जैसवाल,  लक्की जैसवाल, सतेन्द्र कुमार, प्रियान्सु जैसवाल, मनिष पासवान, शिवम सिंह र मोहित कुमार हुन् ।

गोप्य सूचनाका आधारमा पक्राउ परेका सबै भारतीय नागरिकलाई हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

प्रकाशित मिति: बुधबार, मंसिर ५, २०८१  १०:३१
प्रतिक्रिया दिनुहोस्