ब्राउन सुगरसहित भारतको रुपइडिहाका इरफान पक्राउ

सोमबार, मंसिर ३, २०८१
honor mob  winter sales

तुलसीपुर । दाङको तुलसीपुरबाट प्रहरीले लागुऔषध  ब्राउन सुगरसहित तीन जना युवकलाई पक्राउ गरेको छ। 

Honor x7 pad

इलाका प्रहरी कार्यालय तुलसीपुरको टोलीले नेपालगन्जबाट तुलसीपुर आउँदै गरेका बाँकेको सीमावर्ती भारतीय बजार रूपइडिहाका ३४ वर्षीय इरफान राई, तुलसीपुर-६ का १९ वर्षीय

रन्जित बुढाथोकी र सोही स्थानकै २८ वर्षीय मनोज सुनारलाई ३ ग्राम ८१२ मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता इन्स्पेक्टर प्रकाश थापाका अनुसार लु १ ख नम्बरको गाडीमा तुलसीपुर आउँदै गरेका इरफानलाई तुलसीपुर-१३ दमारगाउँ चेकपोष्टबाट ब्राउन सुगरसहित पक्राउ गरिएको थियो। 

इरफानलाई शनिबार नै पक्राउ गरिएपनि उनीसँगको अनुसन्धान पछि अन्य दुई युवकलाई आइतबार मात्र पक्राउ गरिएको इन्स्पेक्टर थापाले बताए।

रुपइडिहा घर भएर हाल तुलसीपुर बस्दै आएका इरफानसहित पक्राउ रन्जित र मनोजलाई हिरासतमा लिएर थप अनुसन्धान गरिरहेको इलाका प्रहरी तुलसीपुरले जानकारी दिएको छ।

 

 

 

 

 

 

प्रकाशित मिति: सोमबार, मंसिर ३, २०८१  १३:४४
प्रतिक्रिया दिनुहोस्