रडले हानेर छिमेकीको हत्या गरेको आरोपमा युवक पक्राउ

आइतबार, मंसिर २, २०८१
Honor 600 pro

झापा । झापामा छिमेकीको हत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

जिल्लास्थित  बाह्रदशी गाउँपालिका-५ फुलबारी बस्ने वर्ष २६ का मान कुमार राजवंशीलाई प्रहरीले छिमेकीलाई रड प्रहार गरी हत्या  गरेको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी झापाले जनाएको छ।

झापा प्रहरीका अनुसार राजवंशीले छिमेकी गङ्गा लाल माझीलाई पुरानो रिसिइबीको कारण विवाद गरी गए राति फलामको रडले टाउकोमा प्रहार गरेका थिए ।  गम्भीर घाइते माझीको उपचारको क्रममा विएण्डसी अस्पताल झपामा मृत्यु भएको हो।

प्रहरीले लगत्तै राजवंशीलाई आक्रमणमा प्रयोग भएको फलामको रडसहित पक्राउ गरेको थियो।

अहिले उनलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय अनारमनिमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ।

प्रकाशित मिति: आइतबार, मंसिर २, २०८१  ११:०६
प्रतिक्रिया दिनुहोस्