१० लाख नगदसहित १० जना जुवाडे पक्राउ

शनिबार, कात्तिक १७, २०८१
Honor 600 pro

विराटनगर । प्रहरीले १० लाख रुपैयाँ बढी नगदसहित १० जना जुवाडेलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी मोरङबाट खटिएको टोलीले विराटनगर-११ संगम पार्टी प्यालेसबाट १० लाख ६ हजार ९९५ रुपैयाँ र ५ बुक ताससहित १० जनालाई पक्राउ गरेको हो।

शुक्रबार राति प्रहरीले जुवाखालबाट पार्टी प्यालेसका सन्चालक पदम श्रेष्ठसमेतलाई पक्राउ गरिएको जिल्ला प्रहरी मोरङले जनाएको छ।

पक्राउ परेका सबैलाई आबश्यक अनुसन्धानका लागि हिरासतमा लिएर थप अनुसन्धान सुरु गरिएको मोरङ प्रहरीले जानकारी दिएको छ।

 

 

 

प्रकाशित मिति: शनिबार, कात्तिक १७, २०८१  १२:३९
प्रतिक्रिया दिनुहोस्