यी प्रदेशमा भारी वर्षा

आइतबार, साउन १४, २०८०
honor mob  winter sales

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाका अनुसार बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक- दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

Honor x7 pad

दिउँसो देशभर सामान्य बदली रही बागमती, गण्डकी, लुम्बिनी र मधेश प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

राति देशभर आंशिक देखी सामान्य बदली रही कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।

कोशी,  मधेश, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भने मेघ गर्जनरचट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

वर्षाका कारण आउन सक्ने बाढी, पहिरो प्राकृतिक प्रकोपबाट सतर्कता अपनाउन महाशाखाले सम्बन्धित सबैलाई आग्रह गरेको छ।

प्रकाशित मिति: आइतबार, साउन १४, २०८०  ०८:०९
प्रतिक्रिया दिनुहोस्